Voice Of Chairman

नेपालको इतिहाँसमा नेपालको सहकारी अभियानले उच्चतम उपलब्धी प्राप्त गर्न सफल भएको छ संख्यात्मक हिसावले ३४,५१२ सहकारीहरु मध्ये १३५७८ बचत तथा ऋण सहकारी संस्थाहरु चलयमान छन् समग्र सहकारी अभियानमा ६३,०५,५८१ सदस्यहरुले प्रत्यक्ष लाभ लिई रहेका छन् भने, २,४७,८२७ सञ्चालक र १०,३५६ लेखा समिति अप्रत्यक्ष रुपमा सहकारीमा संलग्न भई अभियानलाई सहयोग पु¥याईरहेको छ, त्यस्तै गरी राज्यलाई विभिन्न शीर्षकमा कर भुक्तानी गरी सहकारीले अहम भूमिका निर्वाह गरेको छ । यसै सन्दर्भमा यस डाँफे बचत तथा ऋण सहकारी संस्थाले यस आ.व.मा विभिन्न शीर्षकमा गरी रु.३०,६९,४३६।– कर राज्यलाई बुझाई सहयोग गरेको छ भने नेपालको सहकारी अभियान लाई सार्थकता दिलाउन अहम भूमिका निर्वाह गरेको छ । मिति २०७५ साल जेठ २४ र २५ गते काठमाण्डौमा सम्पन्न भएको तेश्रो साकोस शिखर गोष्ठीमा म लगायत संस्थाका सचिव र हालै सम्पन्न नेपाल बंगलादेश सहकारी सद्भाव भ्रमणमा प्रारम्भिक संस्था डाँफे बचत तथा ऋण सहकारी संस्था लि., जिल्ला बचत तथा ऋण सहकारी संघ झापा हुँदै सिंगो प्रदेश नं. १ को प्रतिनिधित्व गर्दै  मिति २०७५/०४/१६ गते देखी २२ गते सम्मको सद्भाव सहकारी भ्रमणमा सहभागी हुने अवसर प्राप्त भयो उक्त भ्रमणबाट प्राप्त भएका ज्ञान र दक्षतालाई यस संस्थाको हित र विकासमा प्रयोग गर्ने प्रण गर्दछु  र उक्त अवसर प्रदान गर्नु हुने जिल्ला बचत तथा ऋण सहकारी संघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी  संघ (नेफ्स्कुन) लाई विशेष धन्यवाद दिन चाहान्छु ।
हामी हाम्रो संस्थालाई सहकारीको मूल्य मान्यता र सिद्धान्तका आधारमा  विकास गरेर लगी रहेका छौं । सहकारी जहिले पनि सदस्यमुखी हुनु पर्दछ , सदस्यको हरेक आर्थिक सामाजिक र सांस्कृतीक कार्यक्रमहरुमा सहभागी हुनु पर्दछ । हामीले सूचना पाए अनुसार सदस्यहरुको सुुख दुःखमा हर सम्भव सुख दुःख साट्ने प्रयत्न गरेका छौं । विगतमा सदस्यहरुको मृत्युमा मात्र समवेदना तथा राहत लिइ जाने प्रचलनलाई यस आ.व.बाट सदस्यका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी, सासु, सासुराहरुको दुखमा पनि समवेदना सहित उपस्थीत जनाउने, विवाह ब्रतवन्ध जस्ता अन्य पर्वहरुमा सदस्यहरुको निमन्त्रणालाई स्वीकार्ने उद्देश्यका साथ स्थानीय स्तरमानै डाँफे क्लव गठन गरी परिचालन गर्ने नीति अवलम्वन गरिएको छ । १२ औ स्थापना दिवसको अवसरमा घोषणा गरे अनुसार मिति २०७५/०३/२१ देखी संस्थाको दैनिक कारोवालाई सदस्यद्वारा उद्घाटन गराई शुभारम्भ गर्न थालिएको छ । सोही अवसरमा संस्थासंग बचत कारोवार गर्ने सदस्यहरु मध्ये उत्कृष्ठ बचत कारोवार गर्ने सदस्यलाई मासिक रुपमा सम्मान गर्ने नीति अवलम्वन गरिएको छ ।

 

Download
Download Files
Download Files