Personal Loan
You Are Here: Home » Loan » Personal Loan
PL
व्यक्तिगत ऋण (Personal Loan)
सदस्यहरुको न्यून आयस्तरलाई वृद्धि गर्नका लागि यदि कुनै सदस्यले व्यापार–व्यवसाय, घरेलु उद्योग वा कुनै सीपमूलक कार्यबाट आय गर्ने इच्छा जाहेर गरेमा उक्त ऋण लगानी गरिनेछ।
यस प्रकारको ऋण रु. १०,००,००० सम्म बढीमा ५ वर्ष का लागि लगानी गर्न सकिनेछ।
तर किस्ता असुल हुने अन्य आयआर्जनको स्रोत खुल्ने कागजात पेश गर्नुपर्नेछ। साथै कुल आयस्रोत वा लगानी हुने क्षेत्रको कुल लगानी पूँजीको ८० प्रतिशत भन्दा बढी लगानी गरिने छैन।
उक्त ऋण आयमूलक पेशा वा व्यवसायमा लगानी भएको हुनुपर्नेछ। निज सदस्यले लगानी गर्ने क्षेत्रको कुल लागत, लगानी पश्चातको प्रतिफल र लगानी पूँजीको विवरण सहितको निवेदन पेश गर्नुपर्नेछ।
मुख्य शर्तहरु
- ऋण आयमूलक पेशा, व्यवसाय वा सीपमूलक कार्यका लागि हुनुपर्नेछ।
- अधिकतम ऋण सीमा रु. १०,००,००० सम्म हुनेछ।
- ऋण अवधि बढीमा ५ वर्षसम्म हुनेछ।
- किस्ता तिर्न सकिने आयस्रोत खुल्ने कागजात पेश गर्नुपर्नेछ।
- लगानी क्षेत्रको लागत, प्रतिफल र पूँजी विवरणसहित निवेदन पेश गर्नुपर्नेछ।
उक्त निवेदन प्राप्त भएको ३ दिनभित्र ऋण उपसमिति र व्यवस्थापन समूहले संयुक्त निरीक्षण गर्नेछ।
